जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • घरजग्गा धितो राखेर नयाँ ऋण लिन, थप्न वा नवीकरण गर्न कडाइ

घरजग्गा धितो राखेर नयाँ ऋण लिन, थप्न वा नवीकरण गर्न कडाइ

नेपाल राष्ट्र बैंकले घरजग्गा धितो राखेर नयाँ कर्जा, कर्जा थप्न वा कर्जा नवीकरण गर्दा पनि कडाइ गरेको छ।

धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात (लोन टु भ्यालु रेसियो) नयाँ कर्जा, थप कर्जा वा नवीकरण गर्दा पनि काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशत मात्रै कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि बुधबार सर्कुलर जारी गरेको छ। गत वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा धितो राखेर प्रवाह हुने कर्जा र सोको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यकामा बढीमा ४० प्रतिशत र अन्य स्थानमा बढीमा ५० प्रतिशत थियो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिने लगायत जुनकुनै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रति ग्राहक ५० लाख रुपैयाँ मात्रै प्रवाह गर्ने व्यवस्था यथावत राखेको छ।

 

4950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर