जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • २० मिनेटमै १०० अं‌क रिकभर भएको बजार फेरि रकेट गतिमै ओरालो

२० मिनेटमै १०० अं‌क रिकभर भएको बजार फेरि रकेट गतिमै ओरालो

 ठिक १ बजे सर्किट ब्रेक लागेको सेयर बजार ४० मिटेपछि खुल्दा २० मिनेटमै करिब १०० अंक रिकभर भएको बजार फेरि रकेट गतिमै ओरालो लागेको छ।

१४७ अंक घटेर २७७९ बिन्दुमा आएको बजार कारोबार खुलेपछि भने रकेट गतिमा उकालो लाग्दै ५२ अंक सम्म मात्रै घटेर कारोबार भइरहेको थियो।

तर घट्ने दर कम भएपनि कारोबार रकम बढ्न सकेको थिएन। बजार बन्द हुँदा पौने ८ अर्बको कारोबार भएको थियो। त्यसपछि भने बजारले १०० अंक रिकभर गर्दा पनि कारोबार रकम साढे ८ अर्ब रुपैयाँ हाराहारी मात्रै भएको छ।

तर २ बजेपछि भने बजार फेरि रकेट गतिमै ओरालो लागेको छ। १० मिनेटमा बजार फेरि १२० अंकले घटिसकेको छ। बजार घट्दा भने कारोबार रकम केहि बढी देखिएको छ।

3880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका