जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कर्जा र निक्षेप संकलन कार्यमा पूर्ण रुपमा समर्पित गरी प्रतिष्पर्धामा खरो उत्रन सीइओ श्रेष्ठको निर्देशन

कर्जा र निक्षेप संकलन कार्यमा पूर्ण रुपमा समर्पित गरी प्रतिष्पर्धामा खरो उत्रन सीइओ श्रेष्ठको निर्देशन

राष्ट्रीय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कूमार श्रेष्ठले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको निर्देशन दिएका छन् ।

बैंकले आर्थिक वर्ष २०७९।०८० को अर्ध वार्षिक प्रगति बिवरणको दूई दिवशिय समिक्षा गोष्ठीमा बौल्दैं सीइओ श्रेष्ठले बैंकको मूख्य जिम्मेवारीमा रहेका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमूखहरुलाई यस्तो निर्देशन दिएका हुन । धूलिखेल स्थित हिमालय दृश्य रिर्साटमा सम्पन्न भएको उक्त गोष्ठीको समुद्घाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उदेश्य एवम् स्वागत मन्तव्य राख्नूभएको थियो । बैंकका प्रमूख कार्यकारी अधिकृत किरण कूमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीको समुदघाटन गरेका थिए भने ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमूख आनन्द सूवेदीले उक्त गोष्ठी कार्यक्रमको सञ्चालन गरेका थिए ।

बैंकका सातै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमूखहरु, २२३ बिभागका बिभागीय प्रमूखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवम नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्ठीमा समुद्घाटन मन्तव्य ब्यक्त गरेका थिए । बैंकका प्रमूख कार्यकारी अधिकृतले गत साउनमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन र रणनितिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको कूरा बताए ।

सहभागी प्रादेशिक प्रमूखहरु र बिभागिय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तूतिकरण गरेका थिए । उक्त प्रस्तूतिकरणमा बैंकका प्रमूख कार्यकारी अधिकृत नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरुले जिज्ञासा एवम् सूझावहरु राखेका थिए ।

गोष्ठीको अन्तमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले अव हामीहरुले खेल्नू पर्ने भूमिकाको बारेमा मन्तव्य राखेका थिए । सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

1125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?