जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपालका ४ बैंकले पाए ‘एशिया मनि अवार्ड’

नेपालका ४ बैंकले पाए ‘एशिया मनि अवार्ड’

युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ ले हरेक वर्ष प्रदान गर्ने ‘एशिया मनि अवार्ड’ मा यसपाली नेपालका ४ वाणिज्य बैंकहरु पुरस्कृत भएका छन् । १२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा विभिन्न सात विधामा नेपालका ४ वटा वाणिज्य बैंकहरुले अवार्ड जिते ।

विश्वभरका करिब २ हजार बैंकहरु यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । हरेक देशलाई छुट्टाछुट्टै यो अवार्ड प्रदान गरिन्छ । यसमा नेपाली बैंकहरुलाई पहिलोचोटी समेटिएको हो ।

यूरो मनिले ‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई प्रदान गरेको छ । नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंकको रुपमा रहेको नविलले बेस्ट डिजिटल बैंक अवार्डसमेत प्राप्त गरेको बैंकका सीईओ अनिलकेशरी साहले जानकारी दिए । अबार्ड बितरण समारोहमा भने नेपालका बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको थिएन ।

मेगा बैंकले पनि दुई विधामा अवार्ड जितेको छ । मेगाले ‘बेस्ट बैंक अफ माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल टू मिडियम इन्टरप्राइजेज’ अवार्ड जित्न सफल भएको हो ।

यसैगरी स्टाण्डर्ड चार्टड बैंकले ‘बेस्ट इन्टरनेसनल बैंक’ अवार्ड जित्न सफल भएको छ । ‘बेस्ट कर्पोरेट एण्ड इन्भेस्टमेन्ट बैंक अवार्ड’ नेपाल इन्भेस्टमेन्ट बैंकले जितेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ‘बेस्ट सीएसआर बैंक अवार्ड’ जित्न सफल भएको छ । यो बैंकलाई सामाजिक उत्तरदायित्व राम्रोसँग निभाएको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो

7615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका