

सिद्धार्थ क्यापिटलले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले असोज १८ गतेका लागि साधारण सभा समेत बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित नगद लाभांश वितरण गर्ने भएको हो । साधारण सभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम २ लाख रुपैयाँ पनि पारित गर्नेछ ।
कम्पनीको साधारण सभा काठमाडौंको नक्सालस्थित कार्यालयमा जुममार्फत् गर्ने जानकारी दिएको छ