जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रनेछन् ।

यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बलुका ७ : ४५ बजे सुरु हुनेछ ।

सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने न्युजिल्याण्ड समूह दुईको उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

दुवै टोलीले सुपर १२ मा पाँच खेलमध्ये ४ खेल जितेका थिए भने एक खेलमा हार बेहोरेका थिए ।

इंग्ल्याण्डले वेष्ट इन्डिज, बंगलादेश, अष्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग अन्तिम खेलमा पराजित भएको थियो ।

पाकिस्तानसँग हार बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको न्युजिल्याण्डले  त्यसपछि लगातार भारत, नामिबिया, स्कटल्याण्ड र अफगानिस्तानलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको हो ।

दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । इंग्ल्याण्डका लागि ब्याटर जोस बटलर र बलर क्रिस जोर्डनले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र ट्रेन्ट बोल्डले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

इंग्ल्याण्डले चोटका कारण ज्यासन रोएलाई यो खेलमा गुमाउनेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनी घाइते हुँदै रिटायर्ड हर्ट भएका थिए । उनको स्थानमा जेम्स भिन्सलाई टिममा राखिएको छ । त्यसैले सेमिफाइनलमा इंग्लिस टिम कुन कम्बिनेसनमा मैदान उत्रनेछ भन्ने प्रतीक्षा छ ।

न्युजिल्याण्डले भने सुरुमै चोटका कारण बलर लकी फर्गुसनलाई गुमाएको थियो । तर उनको स्थानमा एडम मिल्नेले राम्रो खेलिरहेका छन् । अहिले टिममा चोटको समस्या छैन ।

सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । पछिल्लो पटक २०१६ मा भएको टी-२० विश्वकप फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित भएको थियो ।

उता न्युजिल्याण्ड भने तेस्रो पटक सेमिफाइनल खेल्दैछ । न्युजिल्याण्डले पहिलो र छैटौं संस्करणको सेमिफाइनल खेले पनि फाइनल पुग्न सकेको छैन । पछिल्लो पटक २०१६ मा न्युजिल्याण्ड सेमिफाइनलमा इंग्ल्याण्डसँग नै पराजित भएको थियो ।

उक्त खेलमा न्युजिल्याण्डलाई पराजित गर्दा ज्यासन रोएले ७८ रन बनाएका थिए । तर उनी यस पटक भने खेल्ने छैनन् ।

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?