

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीएल डिबेञ्चर, २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनसक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता भएको भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले हस्ताक्षर गरेका हुन् ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८÷५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र गत जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो । बैंकले यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्नेछ