जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकको ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकृत

ग्लोबल आइएमइ बैंकको ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकृत

ग्लोबल आइएमइ बैंकले निष्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरेको छ। बैंकले साढे ८ प्रतिशत ब्याजको ऋणपपत्र निष्कासन गरेको थियो।

बैंकले प्रति इकाइ एक हजार रुपैयाँ दरको ३० लाख इकाइ ऋणपत्र सूचीकृत गरेको हो। ऋणपत्र खरिदकर्ताले प्रत्येक ६ महिनामा ब्याज पाउने छन्।

ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनबी आइआर एलए रेटिङ दिएको छ। यसको अर्थ जोखिम एकदमै न्यून छ भन्ने हो। इक्राले बैंकको रेटिङलाई पनि हालै स्तरवृद्धि गरेको छ। 

बैंकको पर्याप्त तरलता तथा पुँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो।

बैंकका ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

6695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका