जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकर्स संघको ऐतिहासिक निर्णय: कुनै पनि कर्जाको ब्याज १४ प्रतिशत ननाघ्ने

बैंकर्स संघको ऐतिहासिक निर्णय: कुनै पनि कर्जाको ब्याज १४ प्रतिशत ननाघ्ने

नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको संघका एक कार्यसमिति सदस्यले बताए । यस अघि बचततर्फको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत थियो।

बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यस अघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।

नेपाल बैंकर्स संघले माघमा मुद्दतीमा १ प्रतिशतले ब्याज घटाउने निर्णय गरेको थियो । फागुनमा पनि बचतको न्युंतम र अधिकतम ब्याजको सीमा ०.४२ प्रतिशतले घटाएर बचतमा न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । बैंकर्स संघले लिएको निर्णयले ब्याजको लागत घट्ने छ ।

माघ, फागुन र चैत्र महिनामा घटेको ब्याजको असर बेस रेटमा पर्ने छ । यी तीन महिनाको औसत बेसरेट बैशाखदेखि लागु हुने छ । जसले गर्दा बैंकिङ क्षेत्रको नौ औसत बेसरेट घट्ने छ । यसले गर्दा कम्तिमा पनि आगामी वैशाखदेखि अहिलेको दोहोरो अंकको बेसरेट एकल अंक अर्थात् ९ प्रतिशत आसपास आउने देखिन्छ । यसमा अधिकतम ५ प्रतिशत प्रिमियम जोड्दा कुनै पनि कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा माथि नजाने देखिन्छ ।

बैंकर्स संघको आजको बैठकले मुद्दती निक्षेपको ब्याजदरमा भने फेरबदल गरेको छैन ।

1390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?