जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिप्रदी ट्रेडिङ कम्पनिले गाडी कब्जा गर्दा कार्की बेपत्ता..?

सिप्रदी ट्रेडिङ कम्पनिले गाडी कब्जा गर्दा कार्की बेपत्ता..?

सिप्रदी ट्रेडिङ कम्पनिले लकडाउनको अवधिको किस्ता नतिरेको भन्दै गाडी नियन्त्रणमा लिदा गाडी धनी मनहरा नदिमा हामफाली बेपत्ता भएका छन् । मन्थली ३ रामेछाप घर भएका ३४ वर्षका भिम बहादुर कार्कीले २ वर्ष अगाडी सिप्रदी ट्रेडिङ कम्पनिबाट किस्तामा पैसा तिर्ने गरि गाडी खरिद गरेका थिए ।

लकडाउनको अवधिमा गाडी चलाउन नपाएका उनले रोजीरोटीको समस्या भोगिरहेका बेला गाडी सामान्य मर्मतका लागि कम्पनिमा लगेका थिए । तर कम्पनिले किस्ता नतिरेको भन्दै उनको बा ५ ख २८४४ नम्बरको गाडी जफत गरेको हो । दुख पसिना एक गरेर किनेको गाडी थोरै किस्ता बाँकी हुँदा कम्पनिले जफत गरेको भन्दै उनि मानसिक रुपमा बिक्षिप्त भएका थिए ।

काठमाडौँको जडिबुटीमा बस्ने उनले बिहान १० बजे मनोहरा नदिमा हामफालेको उनका आफन्तले बताए । सरकारले नै लकडाउनको अवधिको किस्ता नलिन आहवान गरेको बेला मजदूरको उठिबास लगाउने, मजदूरको पसिना चुसेर मोटाएकाहरुको सशक्त प्रतिरोध हुने र कानुनी उपचारको बाटो खोजिने अखिल नेपाल यातायात मजदूर संघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष दिपक केसीले बताए । उनले भने कुनै मजदूरले यस्तो बाटो रोज्ने अवस्था आउन नहुने र सरकारले ध्यान दिनु पर्छ ।

11185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?