जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मल्टीपर्पस फाइनान्सले १५ करोड ८२ लाख बराबरको हकप्रद सेयर ल्याउने

मल्टीपर्पस फाइनान्सले १५ करोड ८२ लाख बराबरको हकप्रद सेयर ल्याउने

मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले १५ करोड ८२ लाख बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ।

फाइनान्स कम्पनीले १:०.३५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो। उक्त हकप्रद सेयर कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।

हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख छ। दोस्रो बजारमा यस कम्पनीको सेयर कारोबार प्रति कित्ता ३२७ रुपैयाँका दरमा भइरहेको छ।

यसअघि बोर्डमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद सेयर जारीका लागि आवेदन दिएको थियो।

यो सँगै हालसम्म बोर्डमा हकप्रद सेयर जारीका लागि आवेदन दिने कम्पनी ७ पुगेको छ। जसमध्ये ५ हाइड्रोपावर कम्पनी, एउटा/एउटा विकास बैंक र फाइनान्स कम्पनी छन्।

4065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका