जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ओल्ड दरबारको बोतलकै १५ हजार पर्ने लिमिटेड एडिसनको ‘प्रिमियम ह्विस्की’ बजारमा

ओल्ड दरबारको बोतलकै १५ हजार पर्ने लिमिटेड एडिसनको ‘प्रिमियम ह्विस्की’ बजारमा

ह्विस्की पारखीहरुका लागि ओल्ड दरबार नौलो होइन । स्वदेशी ब्राण्डको ओल्ड दरबार ह्विस्की मदिरा पारखीमाझ निकै लोकप्रिय पनि बन्यो ।

यसअघि रिजर्भ, प्लाटिनम र ब्ल्याक चिम्नी नाम राखेर बजारमा ह्विस्की ल्याइसकेको कम्पनीले यसपटक भने सोही ब्राण्डमा प्रिमियम ह्विस्की बजारमा ल्याएको छ । जसको मूल्य कम्पनीले प्रतिबोतल १५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले मदिराको बढी खपत हुने दशैं र तिहारलाई लक्षित गरी बोतल बजारमा ल्याएको हो ।

१५ वर्षसम्म स्कटल्याण्डमा प्रशोधन गरी नेपालमा थप ६ वर्ष प्रशोधन गरेपछि तयार पारिएको यो ह्विस्की लिमिटेड एडिसनका रुपमा रहेको छ । कम्पनीले १५ वर्ष पुरानो भएर मार्केटिङ गरेपनि ह्विस्की २० वर्ष पुरानो भएको जनाएको छ ।

‘कच्चा पदार्थ सकिएपछि उत्पादन बन्द हुन्छ, हामीसँग निश्चित मात्रामा मात्रै कच्चा पदार्थ छ त्यो सकिएपछि स्पेशल ह्विस्की आउँदैन,’ ओल्ड दरबारको उत्पादक कम्पनी यती डिस्टिलरीका अध्यक्ष रवी केसीले भने ।

उनका अनुसार कम्पनीसँग हालका लागि १२ सय केस अर्थात् १४ हजार ४०० बोतल उत्पादन गर्नका लागि कच्चा पदार्थ मौज्दात छ । कच्चा पदार्थ सकिएपछि तत्कालका लागि उत्पादन बन्द हुन्छ ।

उनले ओल्ड दरबारको नयाँ प्रडक्टले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका गुणस्तरीय ह्विस्कीभन्दा राम्रो ह्विस्की उत्पादन गर्न सक्ने पुष्टि गरेको बताए ।

‘नेपाल सरकारले राम्रो नीति बनाएको अवस्थामा हामीले १० वर्षमा विश्वको उच्चस्तरको मल्ट ह्विस्की उत्पादन गर्न सक्छौं । यसका लागि हामीले सरकारसँग पटक पटक कुराहरु पनि राखेका छौं,’ उनले भने ।

उनले विदेशबाट स्कच ल्याएर कम्तीमा २ वर्षसम्म म्याच्योर बनाएर मात्रै उत्पादन गरिने बताए । ह्विस्की उत्पादन हुने अन्य देशको तुलनामा नेपालमा उत्पादन हुने ह्विस्कीको गुणस्तर निकै राम्रो हुने हाम्रो अध्ययन पनि देखाएको उनको दाबी छ ।

‘हामीकहाँ उत्पादन भएका केही ब्राण्डहरु अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका कैयन ब्राण्डभन्दा गुणस्तरीय छन्,’ उनले भने ।

‘हामीले प्रयोग गर्ने पानी, हामीकहाँ भौगोलिक रुपमा अल्टिच्युडको सुविधा अन्य देशमा छैन यी विषयले पनि ह्विस्की उत्पादनमा धेरै फरक पार्छ । हामीले कुनै पनि केमिकल, सुगर प्रयोग गर्दैनौं,’ उनले भने ।

उनले मुस्ताङ र तराईमा फल्ने आलुको स्वाद जसरी छुट्टिन्छ त्यसैगरी नेपालमा हाइ अल्टिच्युडका कारण ह्विस्कीको स्वादमा फरक पर्ने बताए ।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका