गुराँसलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त भएका छन् ।
असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले कार्तिक ३ गतेदेखि लागु हुने गरि लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर लालको एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष कार्य गरेको अनुभव रहेको छ ।