जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • डिस्कबर/डाईनर्स तथा रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्कअन्तर्गतका एटीएममा प्रयोग गर्न सकिने

डिस्कबर/डाईनर्स तथा रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्कअन्तर्गतका एटीएममा प्रयोग गर्न सकिने

डिस्कबर फाइनान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएको छ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) द्वारा जारी गरिएका १ करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्कअन्तर्गतका एटीएममा प्रयोग गर्न सकिने भएको हो। यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाई सहज र सरल हुने आशा गरिएको छ।

यो सुविधा छिट्टै एनएमबि बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गरेका एटीएममा पनि विस्तार गर्ने योजना राखिएको छ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो। यो सुविधासँगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको छ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका