जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआइसी एसिया बैंकले पनि छाड्यो नेप्सको स्वीच

एनआइसी एसिया बैंकले पनि छाड्यो नेप्सको स्वीच

एनआइसी एसिया बैंकले कार्ड प्रणालीलाई बलियो बनाउन भन्दै नयाँ स्वीच प्रयोगमा ल्याउने भएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्य तोड्दै बैंकले आफ्नै स्वीच राख्न लागेको हो।

बैंकले एसटुएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोग गर्न लागेको हो।

चिनियाँ ह्याकरले नेप्सको प्रणाली कब्जामा लिएर पैसा झिकेपछि बैंकले नेप्सलाई छाड्न लागेको हो। यसअघि प्रभु बैंकले पनि नेप्सलाई छाडेर स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य थालेको थियो।

नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध थिए। अब एनआइसी र प्रभुले आफ्नो आबद्धता छाडेका छन्।

नेप्सले अहिलेसम्म पनि गल्ति कोबाट कसरी भयो भन्ने जानकारी दिन सकेको छैन। साथै नेप्सबाट चोरी भएको तथ्यांकहरू प्रयोग गरेर अर्को नक्कली कार्ड बन्ने खतरा उत्तिकै छ। त्यही भएर पनि बैंकहरुले धमाधम नेप्सलाई छाड्न थालेका हुन्।

एनआइसी एसियाले मोरक्कोको स्वीच प्रयोग गर्न लागेको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र  एसटुएमका उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन्।

आफ्नै स्वीच प्रयोगमा ल्याएपछि कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुने बैंकले जनाएको छ। स्वदेश तथा विदेशमा कार्डबाट हुने इकमर्स कारोबारलाई पनि सहज हुने विज्ञप्तिमा उल्लेख छ ।

7920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका