जोडिनुहोस
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • दशैंमा विद्युतीय भुक्तानीको प्रयोग उच्च, दश दिनमा कनेक्ट आइपीएसबाट ९ अर्बभन्दा बढीको कारोबार

दशैंमा विद्युतीय भुक्तानीको प्रयोग उच्च, दश दिनमा कनेक्ट आइपीएसबाट ९ अर्बभन्दा बढीको कारोबार

विद्युतीय भुक्तानी प्रयोगको बृद्धिसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा हुने गरेको कारोबारमा उल्लेख्य बृद्धि भएको छ।

गत असोज २१ अर्थात घटस्थापनादेखि असोज ३० गतेसम्ममा उक्त प्रणालीमार्फत  ९ अर्ब २० करोड बराबरको कारोबार भएको  एनसीएचलले जनाएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७% ले बृद्धि हो।   

दशैँको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकोले नगदको कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि हाल बैंक, वित्तीय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ । 

कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् ।  कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एक पटक लिन्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधै गर्न सकिने व्यवस्था रहेको एनसीएचलले  जानकारी दिएको छ ।  

साथै चाडपर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्सफरलाई थप सहज गर्न कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आगामी कात्तिक २५ गतेसम्मका लागि निःशुल्क गरिएको एनसीएचलले जनाएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका