

सिभिल बैंकलाई ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि अनुमति दिएको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले उक्त ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो ।स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।