जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिभिल बैंकले पायो ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति

सिभिल बैंकले पायो ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति

सिभिल बैंकलाई ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि अनुमति दिएको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले उक्त ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो ।स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

2195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?