जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ई-सेवा मनी ट्रान्सफरद्वारा रेमिट पर्व सार्वजनिक

ई-सेवा मनी ट्रान्सफरद्वारा रेमिट पर्व सार्वजनिक

डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनि ट्रान्सफरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा ‘रेमिट पर्व’ शुरु गरेको छ।

रेमिट पर्व  योजना साउन ३० देखि एक महिनासम्म सञ्चालन हुनेछ, जसअन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई  २५ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले बताएको छ।उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको ई- सेवा वालेटमा प्रति कारोबार न्यूनतम  १० हजार रुपैयाँ बराबरको रेमिट पठाउनु पर्नेछ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ शुरु गरेका छौं, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।’

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका