जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • डेढ वर्षपछि नेपाल-थाइल्याण्ड दुईतर्फी उडान हुँदै

डेढ वर्षपछि नेपाल-थाइल्याण्ड दुईतर्फी उडान हुँदै

कोभिड-१९ महामारीका कारण डेढ वर्षदेखि बन्द भएको नेपाल थाइल्याण्ड दुईतर्फी उडान खुला हुने भएको छ।

नेपाल वायुसेवा निगमले आगामी नोभेम्बर पहिलो साताबाट काठमाडौं-बैंककतर्फ नियमित यात्रु उडान गर्न लागेको जनाएको छ। थाइ सरकारले आफ्नो पर्यटकीय गन्तब्य खुला गर्ने घोषणा गरेसँगै आफ्नो नियमित उडान पुनः सुरु गर्न लागएको निगमले जनाएको छ।

थाइल्याण्ड सरकारले आउँदो नोभेम्बरबाट आफ्नो पर्यटन क्षेत्र खुला गर्ने घोषणा गरिसकेको छ। ध्वजावाहक कम्पनी थाइ एयरवेजले आउँदो अक्टोबर ३१ तारिखबाट अन्तर्राष्ट्रियतर्फको नियमित उडान गर्न लागेको हो। कम्पनीले युरोप, एसिया र अष्ट्रेलियाको ३६ वटा अन्तर्राष्ट्रिय गन्तब्यमा व्यावसायिक उडान गर्नका लागि तालिका सार्वजनिक गरिसकेको छ।

कम्पनीले आफ्नो भगिनी कम्पनी थाइ स्माइलमार्फत आउँदो जनवरीबाट नेपाल उडान गर्न चासो देखाएको जनाइएको छ। थाइ स्माइल ‘लो-कस्ट’ एयरलाइन्स कम्पनी हो। नागरिक उड्डयन प्राधिकरणमा हालसम्म औपचारिक पत्र नआएपनि ग्राउण्ड ह्याण्डलिङका लागि नेपाल वायुसेवा निगमसँग मौखिक छलफल भएको निगमका एक उच्च पदाधिकारीले बताए।

यस अघि थाइ एयरवेजले थाइल्याण्ड-नेपालमा साताको पाँचवटा नियमित उडान गर्दै आएको थियो।

थाइ स्माइल सन् २०११ मा स्थापना भएको लो कस्ट वायुसेवा कम्पनी हो। यो कम्पनीले सन् २०१२ बाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो। फुल सर्भिस एयरलाइन्स र लो कस्ट एयरलाइन्सबीचको भिन्नता हटाउने उद्देश्यले संचालनमा ल्यइएको यो भगिनी कम्पनीले संचालनमा आएको दुई वर्षमै ५० लाख भाट मुनाफा आर्जन गरेको थियो।

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?