जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • मुक्तिनाथ क्यापिटलले हकप्रद मार्फत चुक्ता पुँजी दोब्बर पार्ने

मुक्तिनाथ क्यापिटलले हकप्रद मार्फत चुक्ता पुँजी दोब्बर पार्ने

मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २३ गते मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

साधारणसभामा कम्पनीले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको आधारमा एक शेयर बरावर एक शेयर (१:१) को अनुपातमा हकप्रद शेयर जारी गरेर चुक्ता पुंजी दोब्बर गर्न लागेको हो। 

त्यस्तै साधारणसभा प्रबन्धपत्रमा संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि संचालक समतिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पेश हुने छ।  

मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो ।

7340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका