जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने मुद्दती खाता

सनराइज बैंकले ल्यायो १५ गुणासम्म प्रतिफल दिने मुद्दती खाता

सनराईज बैंकले  १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता ल्याएको छ । गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्मरकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

 

बैंकका अनुसार १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने छ । यस योजनामा सहभागी हुन न्युनतम रु २५,००० रकम मुद्दती गर्नुपर्ने छ ।

उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको बैंकले उल्लेख गरेको छ ।

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना  सेवा प्रदान गर्दै आइरहेको छ ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका