जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २४६औं संञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आइतबारको औपचारिक कार्यक्रममा थापाले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय हेरफेरपछि नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । विश्रुत थापासँग केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनी एक चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि हुने व्यवस्था छ । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।

3095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका