जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • एसबिआई बैंकको संचालक समिती अध्यक्षमा राजिव अरोरा चयन

एसबिआई बैंकको संचालक समिती अध्यक्षमा राजिव अरोरा चयन

नेपाल एसबिआई बैंकको संचालक समितीको अध्यक्षमा राजिव अरोरा चयन भएका छन् ।

संचालक समितिको आइतबार बसेको ४७६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका अरोरालाई अध्यक्षमा सर्वसम्मत्त चयन गरेको हो ।
अध्यक्ष अरोरा, एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धक को पदमा कार्यरत रही एस.बि.आई. समूहको रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा समूहको अन्य मामिला हेर्नुहुन्छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष राजिव अरोरालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना, डेपुटी गर्भनर बम बहादुर मिश्र, कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्ति नाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई. भारतका मुख्य महाप्रबन्धक बि.आर.एस. सत्यनारायण, बैंकका संचालकहरु रजय कुमार सिन्हा, बाल कृष्ण श्रेष्ठ, विमला सुवेदी एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, एस.बि.आई. भारतका उपमहाप्रबन्धक बि.एन. रथ, नायब सिईओ तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेन्द्र कांत, सल्लाहकार–नया व्यवसाय प्रवर्धन छपी राज पन्त तथा बैंकका कम्पनी सचिव श्रीधर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

4820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?