जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पे को क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ। बैंकका एप प्रयोगकर्ताहरूले नेपाल पे को क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको हो।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकले एपलाई भर्खरै ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ। बैंकको एप २० लाखभन्दा बढीले प्रयोग गर्छन्। जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै रहेको बैंकले दाबी गरेको छ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले बैकिङ एप संचालन गरेको जनाएक छ। सेवाबाट ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवम् सरल रुपमा उपभोग गर्न सक्ने र निकट भविष्यमा अझ बढी सेवाहरू एपमार्फत दिने तयारी बैंकले गरिरहेको जनाएको छ।

4265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका