जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • SEE उत्तिर्ण विद्याथीलाई जुत्तामा ५० प्रतिशत

SEE उत्तिर्ण विद्याथीलाई जुत्तामा ५० प्रतिशत

नेपालका चर्चित स्वदेशी ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड सहितको ब्राण्डहरु एकै छानामुनी रहेको नेपाली जुत्ताघरले २०७५ सालको क्भ्भ् मा उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।

विगतमा पनि नेपाली जुत्ता घरले यस्तैखाले विभिन्न सामाजिक कार्यहरु गर्दैआइरहेको छ, नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रीत बालबालीकाका लागि जुत्ता सहयोग गरेको थियो, यस्तै विभिन्न प्रकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दैआइरहेको छ ।

यसै आर्थिक वर्षदेखी जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैया संकलन गरी एउटा शैक्षीक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको छ । क्भ्भ् छात्रवृत्ति योजना अन्र्तगत पहिलो पुरुष्कार नगद छात्रवृत्ति रु. पचास हजार, एकजनालाई, दोस्रो पुरुष्कार नगद छात्रवृत्ति रु. २५ हजार, दुईजनालाई, तेस्रो पुरुष्कार नगद छात्रवृत्ति रु. १० हजार, पाँच जनालाई, सान्त्वना पुरुष्कार दुईजोर कलेज ड्रेस जुत्ता, २० जनालाई उपलब्ध गराईनेछ ।

10155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका