जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका प्रमुख कार्यकारी पोखरेलले बुझे एक करोड ३१ लाख तलब

सिटिजन्स बैंकका प्रमुख कार्यकारी पोखरेलले बुझे एक करोड ३१ लाख तलब

सिटिजन्स बैंक इन्टरनेशनलले प्रमुख कार्यकारी अधिकृत गणेशकुमार पोखरेललाई एक बर्षमा कुल एक करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ। यसमा नाफाबाट पाइने बोनस उल्लेख छैन।

पोखरेलले पाएको पारिश्रमिकबाट ६५ लाख ३३ हजार रुपैयाँ सरकारलाई राजस्व बुझाएको बार्षिक प्रतिवेदनमा उल्लेख छ। बैंकले कात्तिक १६ गते बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन अनुसार, उनले तलब बापत ८४ लाख रुपैयाँ, भत्ता ३० लाख, दसंस भत्ता साढे नौं लाख र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ बुझेका छन्। 

अघिल्लो बर्ष पनि पोखरेलले यति नै बुझेका थिए। एक बर्षमा तलब बढेको छैन। बैंकले सभामा ३.०८ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख रुपैयाँ नगद लाभांश र १२.९१ प्रतिशत हुन आउने एक अर्ब ६२ करोड ४० लाख रुपैयाँको बोनस सेयरको एजेण्डा लग्दैछ। 

बैंकले गत बर्ष नाफा ५०.५५ प्रतिशतले बढाएर एक अर्ब ८० करोड रुपैयाँ गरेको छ। 

बैंकले अन्य कार्यकारी तहका कर्मचारीलाई २ करोड ३० लाख रुपैयाँ तलब सुविधा उपलब्ध गराएको छ। यसमा पनि नाफाबाट पाइने बोनस जोडिएको छैन। 

4560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका