जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई ललितपुरको ग्वार्काेस्थित बि एण्ड बि हस्पिटल प्रा.लि. मा उपचार गराउँदा छुट दिइने भएको छ।

वैशाख २४ गते बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार ग्राहक र कर्मचारीले उपचार गराउँदा लाग्ने शुल्कमा बैंकको मोबाइल बैंकिङ्ग एपबाट रकम भुक्तानी गर्दा विशेष छुट दिइने सहमति गरिएको हो।

सम्झौता बमोजिम अस्पतालद्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ। सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र बि एण्ड बि हस्पिटलको तर्फबाट प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन्।

नेपालभर २३१ शाखा, २४६ एटीएम मशिनका साथै ६१ एक्स्टेन्सन काउन्टर मार्फत करीब २७ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पुर्‍याई प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्