बैंकिङ्ग
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारीको तलब तीन वर्षदेखि बढेन, वार्षिक तलब १ करोड ४१ लाख

नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको तलब तीन वर्षदेखि बढेको छैन। उनले गत आर्थिक वर्ष एक करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन्। त्यसअघिका दुई वर्षदेखि नै उनको तलब यति थियो।
उनले बुझेको तलबमा नाफाबाट पाउने बोनस, उपदान, सञ्चय कोष तथा औषधि उपचारका साथै वार्षिक तथा बीमा बिदा पाउने आर्थिक सुविधा जोडिएको छैन। त्यसैले ढुंगानाले पाउने वार्षिक आम्दानी अझ बढी हुन्छ। यद्यपि उनले पाउने आम्दानीमा ३६ प्रतिशत आयकर सरकारलाई बुझाउँछन्।
बैंकले मंसिर २ गते डाकेको वार्षिक साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, कुल कर्मचारी खर्च एक अर्ब २१ करोड गरेको छ। कुल कार्यालय सञ्चालन खर्च ५६ करोड ६४ लाख रुपैयाँ गरेको छ।
बैंकमा कुल कर्मचारी ९६८ जना छन्। यसमध्ये ६१ जना व्यवस्थापन तहमा छन्। प्रबन्धक तहका कर्मचारीले तलब ५ करोड २५ लाख ९० हजार र भत्ता १० करोड ४२ लाख रुपैयाँ बुझेका छन्।
सञ्चालकले भत्ता बापत २४ लाख ९२ हजार ५ सय रुपैयाँ बुझेका छन्।
बैंकले गत वर्षको नाफाबाट साढे तीन प्रतिशत नगद लाभांश दिने छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































