जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • टी-२० विश्वकप : पाकिस्तान शतप्रतिशत जितसहित सेमिफाइनल प्रवेश

टी-२० विश्वकप : पाकिस्तान शतप्रतिशत जितसहित सेमिफाइनल प्रवेश

युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान शतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे । पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरेका गरेका थिए । स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एक/एक विकेट लिएका थिए ।

पाकिस्तानसँगै यो समूहबाट न्यु जिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यु जिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । दुई खेल जितेको भारतको ४ अंक रहेको छ । यो समूहमा अफगानिस्तानको पनि ४ अंक नै रहेको छ । नामिबियाको दुई अंक छ भने स्कटल्याण्ड अंकविहीन हुँदै बाहिरिएको छ ।

भारत र नामिबियाको अन्तिक खेल आज हुँदैछ ।

सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्यु जिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने पाकिस्तानले २५ गते अष्ट्रेलियासँग खेल्नेछ ।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?