जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • विकास बैंकबीच ब्याज निर्धारणमा भयो भद्र सहमति: राष्ट्रियस्तरका विकास बैंकले १०.२५% ब्याज दिने

विकास बैंकबीच ब्याज निर्धारणमा भयो भद्र सहमति: राष्ट्रियस्तरका विकास बैंकले १०.२५% ब्याज दिने

राष्ट्र बैंकको नयाँ शुत्र अनुसार ब्याज प्रकाशित गर्नुअघि विकास बैंकर्स संघका पदाधिकारीले भने भद्र सहमति गरेका छन्।

संघले क्षेत्रीय स्तरको र राष्ट्रिय स्तरको विकास बैंकहरुलाई छुट्टाछुट्टै ब्याज निर्धारण गरेका छन्। तर सबैले एउटै ब्याज प्रकाशित गर्ने भएका छन्।

स्रोतका अनुसार, राष्ट्रिय स्तरका विकास बैंकले १०.२५ प्रतिशत ब्याज निर्धारण गर्ने भएका छन् भने क्षेत्रीयस्तरकाले १०.३० प्रतिशत निर्धारण गर्ने भएका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुले अर्को महिनाबाट लागू हुने ब्याज मसान्तसम्म प्रकाशित गरिसक्नु पर्छ। त्यही भएर मंसिर १ गतेबाट लागू हुने ब्याज मंगलबार प्रकाशित गर्दैछन्।

4600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका