जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • मौद्रिक नीतिको समिक्षाले गरेका ९ ब्यबस्था र तिनले पार्ने ९ असर : मनोज ज्ञवाली

मौद्रिक नीतिको समिक्षाले गरेका ९ ब्यबस्था र तिनले पार्ने ९ असर : मनोज ज्ञवाली

बहुप्रतिक्षीत मौद्रिक निति को समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन्।मौद्रिक तथा वित्तीय उपायहरु१.मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत ।असर: अनिवार्य नगद अनुपात- ३%, बैंक दर-५% र वैधानिक तरलता अनुपात -८,९ र १०% यथावत रहदा तरलताको स्थिति मा कुनै असर नपर्ने।२.बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात ९० र गणना विधि यथावत। २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने।
असर: बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात ९०.३१% रहेको छ। यो भनेको सिमा भन्दा रु.१५ अरब बढि छ। बैंक हरू कर्जा दिन सक्ने स्थिति मा छैनन् । गणना बिधि यथावत राखीएको कारण कर्जा दिन सक्ने छैनन्। निक्षेप‌ बृद्दिदर १७.२% र कर्जा बृद्दिदर ३१.७% रह्यो। संचालक समिति बाटै पारित गराई हामी ९० % तल राख्छौ भनेर प्रतिवद्दता पेश गर्नु पर्ने हुदा नियामक अझै कड़ा रुपमा प्रस्तुत।
३.विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने। विद्यमान सीमा पुनरावलोकन गरिने ।असर: बढ्दो आयात को कारण विदेशी मुद्रा संचीती घट्दै गएको र आयातको भुक्तानी गर्दा थप कर्जा प्रवाह दुबैलाई नियन्त्रण गर्नै लक्ष्य लिए को देखिन्छ। महंगो अनी विलासिता का सामानहरु र सिधै भारत तर्फ निर्यात हुने वस्तुहरुको सुची सहित केहि नियन्त्रण गरिने अपेक्षा।४.ड्राफ्ट÷टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिने।असर: सुन चादिको आयात घट्ने  ।५.व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने ।
असर : बिदेशी ऋण र लगानी प्रवर्धन हुने। कम्पनीहरुले बैंक ग्यारेन्टि दिन सकिने अबस्था हुदा वैदेशिकम्बन्ध राम्रो भएका कम्पनी हरुले सिधै ऋण लिन सक्ने हुदा उनीहरुको माग केहि वैदेशिक ऋण वाट पुरा भएमा नेपालमा कर्जाको चाप अली कम हुनसक्ने। तर तत्कालै धेरै ठूलो असर हुने देखिदैन।
६.विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने ।असर : बिदेशी ऋण र लगानी का शर्तहरु अझ सहज हुने र थप वैदेशिक ऋण प्राप्त हुने।
७.गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने ।
असर: गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप लिन शर्तहरु अझ सहज हुने र थप वैदेशिक निक्षेप प्राप्त हुने।८.विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकनअसर: विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबार रहेको विद्यमान सीमा प्राथमिक पुजिको ३०% मा पुनरावलोकन । यसले तरलता मा खासै असर हुने छैन। नन डेलिभरेवल फरवार्ड कारोबार को रकममा तलमाथी हुने देखिन्छ।९. DAP र DAA को विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।असर:विद्यमान सीमा अमेरिकी डलर १,००,००० पुनरावलोकन गरिनेछ ।आयात नियन्त्रण गर्नै लक्ष्य लिएको देखिन्छ। यसबाट विदेशी मुद्रा को खर्च केहि कम हुन जानेछ। ज्ञवाली नबिल बैंकका महाप्रबन्धक हुन् ।  

5670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका