जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको १० वर्षे ऋणपत्र निष्कासन गर्दै

एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको १० वर्षे ऋणपत्र निष्कासन गर्दै

एभरेष्ट बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो।

कूल निष्कासन मध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ८० करोड ऋण पुँजी व्यक्तिगत र सामूहिक लगानी कोष समेत गरेर ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने बैंकले जनाएको छ।

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को वार्षिक ब्याजदर ७.५० प्रतिशत रहेको छ। फागुन १८ गतेदेखि निष्कासन बिक्री खुला हुनेछ। लगानीकर्ताले न्युनतम् २५ देखि अधिकतम् १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बन्द हुनेछ। बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट माघ १५ गते अनुमति पाएको थियो।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्