मोटरहेडले एक्सचेञ्ज अफर ल्याएको छ । मोटरहेडको आधिकारिक वितरक एसएलआरले यहि मंसिर २२, २३ र २४ गते एक्सचेञ्ज अफर ल्याएको हो ।
काठमाडौं उपत्यकाका सम्पूर्ण शोरुमहरुमा लागू हुने गरि तीन दिने एक्सचेञ्ज अफर सञ्चालन हुने जनाइएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राखी कम्पनीले यस अफरलाई अझै आकर्षण बनाउने विभिन्न अफरहरु समेत ल्याएको छ ।
जसमा नगद खरिद गर्दा १० हजारसम्मको छुट पाइनेछ भने फाइनान्समा ७ हजारसम्मको छुट, एकसचेञ्ज गर्दा पुरानो बाइकको बजार मूल्यमा थप १५ हजार ग्राहकले पाउनेछन् ।
साथै, हरेक खरिद आकर्षण फ्रि डर्ट हेल्मेट समेत ग्राहकले पाउने कम्पनीले जनाएको छ । सल्लाघारी, मित्रपार्क चावहिल, टेकु, धोविघाट र बालाजु भ्याली कोल्ड स्टोरको रहेको आफ्नो स्वरुमहरुमा यो अफर सञ्चालन हुने कम्पनीले जनाएको छ ।