जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • माउण्टेन इनर्जी नेपालको आईपीओ भर्ने समय बढ्यो

माउण्टेन इनर्जी नेपालको आईपीओ भर्ने समय बढ्यो

माउण्टेन इनर्जी नेपालको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन हो ।  मंगलबार सार्वजनिक विदा परेकाले कम्पनीले भोलि बुधबारसम्म शेयर  बिक्री खुला गरेको बताएको हो ।

भोलि माग अनुसार आवेदन नपरेको खण्डमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । माउन्टेडले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिने सकने जनाइएको छ ।

कम्पनीको धितोपत्र निष्कसन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले म्याग्दीको नीलगिरि खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो ।

3940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?