जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या झन्डै दुई करोड

मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या झन्डै दुई करोड

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या १ करोड ९४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो।

तिनमा ‘क वर्गका बैंकका मात्रै यस्ता ग्राहक १ करोड ६९ लाख ३४ हजार २ सय १९ छन्। त्यस्तै ख वर्गका यस्ता ग्राहक २३ लाख ४७ हजार २ सय ५१ र ग वर्गका १ लाख २२ हजार २ सय १० रहेका छन्।
त्यस्तै इन्टरनेट बैंकिङका ग्राहक पनि चालू आवको चार महिनासम्म १७ लाख ५० हजार ९ सय ३६ पुगेका छन्। तिनमा क वर्गका संस्थाका १३ लाख ११ हजार ५ सय ८७, ख वर्गका ४ लाख २८ हजार ३ सय ६२ र ग वर्गका १० हजार ९ सय ८७ रहेको राष्ट्र बैंकले जनाएको छ।

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?