जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश पारीत गर्दै

मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश पारीत गर्दै

मञ्जुश्री फाइनान्स लिमिटेडले चौधौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो ।

सभाले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्ने तथा बैदेशिक रणनितीक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

त्यसैगरी आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

5525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका