जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिमा कम्पनीहरुले बिमालेखलाई समयानुकूल परिमार्जन गर्नुपर्छ: अध्यक्ष सिलवाल

बिमा कम्पनीहरुले बिमालेखलाई समयानुकूल परिमार्जन गर्नुपर्छ: अध्यक्ष सिलवाल

 नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा कम्पनीहरुले बिमालेखलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवका अवसरमा आयोजना भएको प्रभातफेरी कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले पछिल्ला दुई वर्षमा बिमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको बताए ।

जुनरुपमा बिमा सचेतनाले व्यापकता पाएको छ त्यहीरुपमा बिमा कम्पनीहरु आम जनतासम्म पुग्नुपर्ने र बिमा सेवा उपलब्ध गराउनुपर्ने उनले बताए । यस्तै, कम्पनीहरुले बिमालेखलाई समयानुकूल परिमार्जन गर्नुपर्ने र बिमितलाई थप सुविधाको व्यवस्था गर्नुपर्ने कुरामा उनले जोड दिए ।

अध्यक्ष सिलवालले प्राधिकरण र बिमा कम्पनीहरुको एउटै उद्देश्य भनेको आम जनतालाई बिमाको महत्वका बारेमा जानकारी गराई बिमा सेवा पु¥याउने भएकाले त्यसका लागि सम्बद्ध सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । उनले आम नागरिकलाई बिमाको दायरामा ल्याउनका लागि बिमा कम्पनीहरु लगायत सम्बद्ध सबैबाट साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरे ।

काठमाडौंको भद्रकालीबाट शुरु भएको प्रभातफेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरु, बिमा कम्पनी र पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु तथा कर्मचारीहरु, जीवन बीमक सङ्घ, नेपाल बीमक सङ्घ, बीमा सर्भेयर सङ्घ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरु तथा संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो

1210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका