जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति लाइफका लगानीकर्ताको हात खाली, सीईओको तलब साढे ८३ लाख

ज्योति लाइफका लगानीकर्ताको हात खाली, सीईओको तलब साढे ८३ लाख

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सीईओलाई ८३ लाख ३७ हजार ६२५ रुपैयाँ तलब भत्ता दिएको छ । इन्स्योरेन्सले सीईओ प्रकाश बिक्रम खत्रीलाई उक्त रकम बार्षिक तलब भत्ता बापत दिएको जनाएको छ । यस्तै कम्पनीले अन्य मूख्य पदाधिकारीलाई ९१ लाख ७३ हजार ५५ रुपैयाँ बार्षिक भत्ता दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालकलाई सञ्चालक समितिको वैठक लगायत अन्य समितिहरुको बैठक भत्ता वापत २० लाख १६ हजार तथा भ्रमण भत्ता सुविधा वापत ५ लाख ७८ हजार ३०० रुपैयाँ दिएको छ ।

कम्पनीले अहिले भने लगानीकर्ताको हात खाली बनाएको छ । यो वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश दिएको छैन । इन्स्योरेन्सले २८ गते पाँचौ साधारणसभा बोलाएको छ ।

सभाका लागि असार १३ गते बुक क्लोज गरिसकेको छ । सभाको प्रस्ताव सुर्या लाईफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने/गाभिने विषय रहेको छ ।

3330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका