जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राईम गुराँस र यूनियन लाईफको मर्जर अन्यौलमा:  बीमा समिति बेखबर

प्राईम गुराँस र यूनियन लाईफको मर्जर अन्यौलमा:  बीमा समिति बेखबर

नेपालको तीनवटा जीवन बीमा कम्पनी प्राइम लाईफ इन्स्योरेन्स गुराँस लाईफ इन्स्योरेन्स र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी बीच मर्जर गर्ने प्रारम्भिक सम्झौता गत जेठ २९ गते भएको थियो । मर्जरको प्रारम्भिक सम्झौता भएको करिब २ महिना वितिसक्दा पनि यी तीनवटा जीवन बीमा कम्पनीहरुको डिडिए समेत नभएको खुलेको छ । भनिन्छ तीनवटै बीमा कम्पनीहरुको डिडिए सम्पन्न भएपछि मात्रै स्वाप रेसियो, कम्पनीको नाम, संचालक समिति र प्रमुख कार्यकारी अधिकृतको टुंगो गरेर एकिकृत कारोबारको प्रकृया थाल्नु पर्ने देखिन्छ भन्दा फरक पर्दैन । भनिन्छ यी सबै प्रक्रिया पुरा गरेर एकिकृत कारोबार गर्न कम्पनीमा ३ महिना भन्दा समय लाग्नेछ भन्दा अब फरक पर्दैन । यी तीनवटै कम्पनीहरुको एकिकृत कारोबार आगामी असोज अन्तिमसम्म हुन्छ की हुँदैन त्यो हेर्न बाँकी छ । भनिन्छ एक महिनाअघि मर्जको सम्झौता गरेर गएको यी ३ कम्पनीले साउनको पहिलो सातादेखि एकिकृत कारोबार गर्ने भनेका थिए । तर प्राइम गुराँस र युनियनको भ्यालुयशन र मूल्यमा विवाद छताछुल्ल भएको भेटिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

हाल प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ र गुराँसको २ अर्ब ८ करोड रुपैयाँ छ । सेयर स्वाप रेसियो एकबराबर एकको अनुपातमा तय हुने हो भने मर्जपछि बन्ने नयाँ कम्पनीहरुले सात अर्ब रुपैयाँभन्दा बढी हुनेछ । जगेडा कोषमा दुई अर्ब १४ करोड रुपैयाँ छ । साथै, जीवन बीमा कोषमा ४० अर्बभन्दा धेरै पुग्ने देखिन्छ ।

प्राइम र गुराँस लाइफ इन्स्योरेन्स पूरानो कम्पनी हो भने युनियन लाइफ इन्स्योरेन्स पछिल्लो पटक संचालनमा आएको नयाँ कम्पनी हो । नयाँ र पुराना कम्पनीहरु मर्जरमा जान लागेका हुनाले भ्यालुएसन र सेयर मूल्य निर्धारणमा मतभेद चलिरहेको प्राइम लाईफका एक संचालकले पंक्तिकारसंग दाबी गरे । तीन कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी प्राइम लाइफको छ । हाल प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ र गुराँसको २ अर्ब ८ करोड रुपैयाँ छ । सेयर स्वाप रेसियो एकबराबर एकको अनुपातमा तय हुने हो भने मर्जपछि बन्ने नयाँ कम्पनीहरुले सात अर्ब रुपैयाँभन्दा बढी हुनेछ । जगेडा कोषमा दुई अर्ब १४ करोड रुपैयाँ छ । साथै, जीवन बीमा कोषमा ४० अर्बभन्दा धेरै पुग्ने देखिन्छ ।

बीमा समितिले चालु आर्थिक वर्षको चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ । सोपछि जीवन–निर्जीवन दुवै प्रकारका बीमा कम्पनीहरु धमाधम मर्जरमा जाने सम्झौता गर्दै मर्जर गर्ने तयारीमा देखिएका छन् ।

बीमा समितिले चालु आर्थिक वर्षको चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ । सोपछि जीवन–निर्जीवन दुवै प्रकारका बीमा कम्पनीहरु धमाधम मर्जरमा जाने सम्झौता गर्दै मर्जर गर्ने तयारीमा देखिएका छन् । गत आर्थिक वर्षको अन्तिम (असार मसान्त) भित्र मर्जरमा जाने कम्पनीहरुलाई बीमा समितिले पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश लगायतको सेवा सुविधामा कर छुट लगायत विभिन्न सुविधा दिने बताई सकेको छ भन्दा फरक पर्दैन । सचेत भया ।(राजतिलक साप्ताहिकबाट साभार गरिएको)

2990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?