जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एशियन लाइफद्वारा १४ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्वारा १४ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलो मृत्यु दाबी भुक्तानी गरेको छ । सिद्धिचरण – ०२,ठुलोछाप,ओखलढुंगा घर भइ हाल इटहरी – ०२, सुनसरी बस्ने श्रीमती तारा नेपालको श्रीमान सरोज बाबु भट्टराईको मृत्यु भएकाले कम्पनीले १४ लाख १० हजार १७० रुपैयाँ दिएको हो ।

उक्त रकम बराबरको चेक पूर्व प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडा तथा बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले मृतकको श्रीमतिलाई दिएको हो । मृतकले ४ वर्ष अगाडी सुखी जिबन (साबधिक तथा आजिबन) बीमा योजनामा एघार लाखको बीमा ,अर्धबार्षिक ३० हजार ८६९ रुपैयाँ जम्मा गर्ने गरि कुल २ लाख ७७ हजार ८२१ रुपैयाँ कम्पनीमा जम्मा भएको थियो ।

उक्त कार्यक्रममा पूर्व प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडाले बीमाको वास्तविकता बारे प्रष्ट धारणा ब्यक्त गर्दै आम जनतालाई आफुले कमाएको केहि अंश छुट्टाएर बीमा गर्न प्रोत्साहन गरे । साथै, जीबन बीमा कम्पनीका अभिकर्ताहरुको क्षमता,दक्षता अभिबृधि गरि सहि सूचना जनता माझ लग्न जिबन बिमा कम्पनीलाई सुझाब दिदै आफु पनि जनताको घर घर गई बीमामा बारे बुझाई यस्तो खालको सामाजिक कार्यमा सक्रिय भइ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा जोखिमकै हिसाबले बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थित जनताहरुलाई बिमा गराउन पहल गर्नुपर्ने धारणा ब्यक्त गरे ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका