जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लकडाउन खुकुलो: निजी सवारी साधन चल्ने, मोटरसाइकलमा चालक मात्र, सबै उद्योग चलाउन पाइने

लकडाउन खुकुलो: निजी सवारी साधन चल्ने, मोटरसाइकलमा चालक मात्र, सबै उद्योग चलाउन पाइने

कोभिड-१९ का कारण लगाइएको लकडाउन खुकुलो पारिएको छ। निजी सवारी साधान जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको छ।

सामाजिक दूरी कायम गरेर स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन गर्न पाइने छ। कृषिसंग सम्बन्धित सबै काम उत्पादनदेखि बिक्री वितरणसम्म खुला गरिएको छ।

उद्योग, ब्यापार, डिपार्टमेन्टल स्टोर र पसल खुला गरिएको छ। सपिङ मल भने बन्द नै हुने छन्। सबै प्रकारका ढुवानी सेवा सञ्चालन गर्न पाइने छ। ब्यक्तिहरुको पैदल यात्रालाई पनि खुला गरिएको छ।साइकल र मोटरसाइकल चल्न दिइने छ। मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने छ। सम्बन्धित जिल्लाभित्र मात्र चल्ने सवारी साधनमा चालक बाहेक थप दुई जना चढ्न पाइने छ। बैंक वित्तीय संस्था, बीमा र सहकारी पनि पूर्ण रुपमा चलाउन पाइने छ। वन र नर्सरी पनि खुला गरिएको छ।

निजी क्षेत्रबाट सञ्चालन हुने विकास आयोजना पनि निर्वाध चलाउन पाइने छ। जलविद्युत आयोजनाको निर्माण पनि निर्वाध गर्न पाइने भएको छ। नदि तथा खानीजन्य उद्योगको उत्खनन् र बिक्री वितरण पनि खुला गरिएको छ।

रेष्टुरेन्टमा बसेर खान नपाइने तर त्यहाँ किनेर लैजान पाइने भएको छ। क्वारेन्टाइनका लागि तोकिएका होटल र तिनका यातायातका साधन खोल्न पाइने छ। शिक्षण संस्थाका कार्यालय खुल्ला भएको छ। यी कार्यालय ८ देखि १ र १ देखि ६ बजेसम्म गरि दुई सिफ्टमा चलाउन पाइने छ। कार्यस्थलमा भौतिक दूरी कायम गर्नु पर्छ।

सार्वजनिक र जोरबिजोर प्रणालीबाट चल्ने श्रमिक आवतजावत गर्ने गाडी चल्ने छन्। यसमा पनि सीमित श्रमिक मात्र राख्न पाइने छ। एक लहरमा एक जना मात्र हुने गरि यात्रा गर्नुपर्ने छ। सबै यात्रुले मास्क लाउनु पर्ने छ। स्यानिटाइजरको ब्यवस्था गर्नु पर्छ।

सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै शैक्षिक संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान, भेला, सभा, सम्मेलन, प्रदर्शन, सिनेमा हल, रेष्टुरेन्ट खोल्न लगाइएको रोकलाई निरन्तरता दिइएको छ। सार्वजनिक सवारी साधन बन्द नै रहने छन्।

यस्तै, सभा, सम्मेलन, गोष्ठी तथा तालिममा रोक यथावत राखेको छ। प्रदर्शन तथा भेला पनि रोक नै लाग्नेछ। सिनेमा घर, पार्टी, प्यालेस पनि बन्द रहनेछन्। सबै प्रकारका मनोरञ्जन र खेलस्थल बन्द रहनेछन्। निर्णय अनुसार सपिङ मल पनि सञ्चालन नहुने भएका छन्।

सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल र यात्रुवहाक सार्वजनिक सवारी साधन बन्द हुनेछन् ।

जापानबाट ४० करोड रुपैयाँ छात्रबृत्ति अनुदान पनि स्वीकृत गरिएको छ।

6190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका