जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बैंक कर्मचारीको मिलेमतोमा चेकबुक निकालेर पैसा झिक्ने गिरोह पक्राउ

बैंक कर्मचारीको मिलेमतोमा चेकबुक निकालेर पैसा झिक्ने गिरोह पक्राउ

बैंकमा खाता खोलेर अरूको सिग्नेचर नक्कल गरी लाखौं रूपैंयाँ निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

गत सोमबार राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहकले आफ्नो खाताबाट पटक-पटक गरि १९ लाख ९ हजार रूपैंयाँ निकालेको म्यासेज मोबाइल आएको थियो । उनले पैसा नझिके पनि खाताबाट पैसा गएको घटना प्रहरीमा पुग्यो । अनुसन्धान थाल्दा गिरोह पक्राउ परेको हो।

उनले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सूचना प्रहरीले पाउनासाथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो।

गिरोहले नक्कली चेकबुक बनाएर खाताबाट पैसा झिकेको थियो। राजबाहकको खाताबाट पैसा निकाल्न पुनः चेक बोकेर एकजना व्यक्ति जनता बैंकको न्युरोड शाखामा आएको सूचना प्राप्त हुनासाथ नियन्त्रणमा लिइएको थियो।

उनी पक्राउ परेपछि अन्य केहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरूका ठूलो परिमाणमा चेकबुक र खाता खोल्न तयार फारमहरू बरामद भएका छन् । 

प्रहरीका अनुसार, एनआइसी एसिया बैंकको भिजा कार्ड, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी, प्रयोग भएका सिग्नेचरका नक्कलहरू बरामब गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर उनीहरुलाई बैंकिंङ कसुर सम्बन्धी अपराधमा मुद्दा चलाउन सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन्।

उनीहरूबाट बिभिन्न व्यक्तिहरूको नागरिकताको २ सय ९० वटा प्रतिलिपि, विभिन्न व्यक्तिहरूका नाम र रकम उल्लेख गरिएको २६ वटा रजिष्टर, विभिन्न प्रकार हस्ताक्षर नमूना र बिभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको दुइवटा डायरी पनि बरामद भएको छ।

विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तीन सयवटा तयारी फारम पनि फेला परेको छ। १ सय ९५ जनाको विभिन्न बैंकका स्टेटमेन्ट र जनता बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक १६ थान पनि फेला परेको छ।

यसैगरी काटिएको अवस्थाको ४१ पाना चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक पनि फेला परेको छ।

यसैगरी एभरेष्ट बैंकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको २० वटा चेकबुक र काटिएको अवस्थाको चेकबुकका पाना पनि फेला परेको छ।

माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको १७ वटा चेकबुक र काटिएको अवस्थाको दुइवटा चेकबुक  फेला परेको छ। मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको ४१ वटा चेकबुक र नकाटिएको चेकबुक पनि फेला परेको छ।

एनआइसी एशिया बैंकबाट जारी भएको काटिएको अवस्थाको चेकबुक ६ सय ८१ थान र बिभिन्न व्यक्तिहरूको ८ सय २५ वटा फोटो फेला परेको छ। यसैगरी एनआइसी एशिया बैंकको ८२ वटा एटीएम कार्डसँगै अन्य विभिन्न बैंकको एटीएम कार्ड पनि फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुले  बैकमा खाता रहेका विभिन्न व्यक्तिहरूको चेकमा रहेको सिग्नचर चोरी, त्यही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर निकाल्ने गरेको पाइएको छ। यसरी सिग्नेचर मिलाई गिरोहले लाखौ रकम निकालेको हुन सक्ने प्रहरीले जनाएको छ।

9120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?