जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आइएमएस सफ्टवेयर र सेलपेबीच सम्झौता, आइएमएसका सफ्टवेयरमा सेलपे प्रयोग गर्न मिल्ने

आइएमएस सफ्टवेयर र सेलपेबीच सम्झौता, आइएमएसका सफ्टवेयरमा सेलपे प्रयोग गर्न मिल्ने

आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। 

ग्राहकहरुले सेलपेद्वारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट भुक्तानी गर्न सकिन्छ। 

फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनि ट्रान्सफरको सेवा लिन सकिने बताइएको छ। 

यस्तै, आइएमएस सफ्टवेयरले विभिन्न क्षेत्रको सफ्टवेयरहरु बनाउँदै आएको छ। सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना क्रेडिटर्सहरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। 

सेलपे भुक्तानी सेवा आइएमएस सफ्टवेयरका पीओएस सफ्टवेयर, हस्पिटालिटी म्यानेजमेन्ट सफ्टवेयर, रेष्टुरेन्ट म्यानेजमेन्ट सफ्टवेयर, डिस्ट्रिब्यूसन म्यानेजमेन्ट सफ्टवेयर र वेब पीओएस सफ्टवेयरहरु प्रयोग गर्न सकिने आइएमएसले जनाएको छ।  

सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्। 

2295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका