जोडिनुहोस
शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • वाणिज्य बैंकहरूको निक्षेपमा १७ अर्बको गिरावट

वाणिज्य बैंकहरूको निक्षेपमा १७ अर्बको गिरावट

एक हप्ताको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप १७ अर्बले घटेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ४ गते देखि ११ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब २४ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह यथावत नै रहेको थियो भने औसतमा कर्जा(निक्षेप अनुपात (सिडी रेसियो) ८७.५८ प्रतिशत रहेको थियो।

त्यस्तै असोज मसान्त र कार्तिक ११ गतेको तुलनामा वाणिज्य बैंकहरूको निक्षेपमा २३ अर्बको गिरावट भएको थियो भने सोही अवधिसम्म कर्जा प्रवाहमा ५ अर्बको वृद्धि भएको थियो। असोज मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४७ अर्ब पुगेको थियो भने कर्जा रकम ४२ खर्ब २० अर्ब थियो ।

कार्तिक ११ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब १७ अर्ब (विदेशी मुद्रा) रहेको थियो भने ४१ खर्ब ९५ अर्ब (स्वदेशी मुद्रा) र ३१ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका