जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • अदालत र प्रशासनलाई भेटेपछि ग्रिनलाइनका अग्रवाल दाजुभाइ बैंकरलाई भेट्दै

अदालत र प्रशासनलाई भेटेपछि ग्रिनलाइनका अग्रवाल दाजुभाइ बैंकरलाई भेट्दै

ऋण तिर्न नसकेर फरार भएका मदिरा कारोबारी अभिषेक अग्रवाल र अमित अग्रवाल बैंकहरुको सम्पर्कमा आएका छन्। बुधबार साँझ फोन सम्पर्कमा आएका उनीहरु बिहीबार प्रशासनिक काम सकेर बैंक ब्यवस्थापनलाई भेट्दै छन्।

ऋणी दिएका बैंकका प्रतिनिधिहरुले अग्रवाल दाजु भाइले बिहीबार भेट्न खोजेको पुष्टी गरेका छन्। अग्रवाल दाजुभाइ बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाका लागि पुगेका थिए। त्यसपछि जिल्ला अदालतमा रहेको लेनदेनसम्बन्धि मुद्दाको सुनुवाइमा सहभागी भएका छन्।

बैंकरले नेपाल आएको थाहापाएपछि अग्रवाल दाजुभाइलाई पच्छ्याएका थिए। बैंकरले तारन्तार खोजेपछि अग्रवाल दाजुभाइले केहीलाई आँफैले बिहीबार आउने बताएका हुन् भने केहीलाई आफ्ना सहयोगीमार्फत जबाफ दिएका हुन्। 

‘भरैसम्म भेट्न आउँछौं भनेर खबर पठाएका छन्’ एक बैंकरले भने, ‘फोनमा ऋण तिर्छु। सम्पतिले ऋण तिर्न पुग्छ भनिरहेका छन्।’ अग्रवाल दाजुभाइ सम्पर्कमा आएपछि बैंकहरु ऋण उठ्नेमा केही आशावादी देखिएका छन्।

अग्रवाल दाजुभाइलाई विभिन्न चार बैंकले ऋण दिएका छन्। त्यसमध्ये एभरेष्ट बैंकको अहिलेकै धितोबाट ऋण तिर्न पुग्छ भने बाँकी बैंकको धितोबाट मात्र ऋण उठ्ने अवस्था छैन।

बैंकहरुले ऋण उठाउनका लागि कानुनी कारवाही अगाडि बढाइसकेका छन्। उनीहरु र उनीहरुको ब्यापारका लागि एभरेष्टका साथै मेगा, नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आइएमइ बैंकले ऋण दिएका छन्। सबै बैंकले ऋण उठाउनका लागि लिलामी प्रकृया अगाडि बढाइसकेका छन्। 

बैंकहरुको अग्रवाल दाजुभाइसँग हाइपोथेटिकल ऋण बढी भएकाले धितोबाट मात्र उठ्ने संभावना छैन। अग्रवाल दाजुभाइले विदेशी मदिरा आयात गरेर बिक्री गर्थे। उनीहरुको दरबारमार्ग र कान्तिपथमा भव्य मदिरा पसल छ। उनीहरुले ग्रीनलाइन सेन्टर प्रालिका नाममा ऋण लिएका थिए।

उनीहरुको ब्यापारमा एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी छ। मदिरा स्टक भएको गोदाममा एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले सिलबन्दी गरेका छन्। 

बैंकहरुले हाइपोथेटिकल ऋण दिएका कारण सम्बन्धि व्यापारको स्टक भएको गोदाममा एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ताला लगाएका हुन्।

यद्यपि बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल भने होइन। विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति पारिपासोमा राखेर ऋण दिइएको छ। मेगा बैंकको स्टक र धितो दुवै राखेर ऋण दिएको छ। एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ। इन्भेष्टमेन्ट बैंकको पनि धितो र स्टकमा ऋण छ।

बैंकहरुसँग धितोमा रहेको सम्पति खरीद गर्नका लागि अन्य ब्यापारी सम्पर्कमा आएका छन्। उनीहरुले अग्रवाल दाजुभाइको घरजग्गाका साथै मदीरासमेत सकारिदिने भन्दै बैंकहरुलाई प्रस्ताव गरेका छन्। लिलामीका लागि अझै समय बाँकी छ।

त्यहीबेला अग्रवाल दाजुभाइ बैंकहरुको सम्पर्कमा आएका हुन्। उनीहरुले बुधबार प्रहरी अधिकारीहरुलाई पनि भेटेका छन्। उनीहरुमाथि उजुरी नपरेकाले प्रहरीले कारवाही प्रकृया अगाडि बढाएन। 

अग्रवाल दाजुभाइले बैंकबाहेक पनि बजारबाट मिटर ब्याजमा ऋण लिएका छन्। उनीहरुले ज्यान मार्ने धम्की दिएका कारण फरार हुनु परेको उनीहरुले बैंकहरुलाई जानकारी गराएका छन्। 

6160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।