जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकहरुले पुसमा ब्याजदर नबढाउने

वाणिज्य बैंकहरुले पुसमा ब्याजदर नबढाउने

पुस महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिएका छन्। बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए ।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरुलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो। यद्यपि, बैंकहरुले पुस महिनको लागि पनि ब्याजदर घटाउने निर्णय गरेका छैनन्। मंसिर महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेप (व्यक्तिगत) मा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएकोमा पुस महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

3915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका