जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंंकको स्थगित भएको साधारण सभा फागुन १३ गते

महालक्ष्मी विकास बैंंकको स्थगित भएको साधारण सभा फागुन १३ गते

महालक्ष्मी विकास बैंकको स्थगित भएको साधारण सभा फाल्गुन १३ गते हुने भएकाे छ।

बैंककाे बीसौँ वार्षिक साधारण सभा शुक्रबार विहान ११ः०० बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुने भएकाे हाे। उक्त साधारण सभाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।महालक्ष्मी विकास बैंकको मिति फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औं बैठकले निर्णयानुसार साधारण सभाकाे मिती पुनः ताेकेकाे हाे।

यसअघि बैंकको बीसौं वार्षिक साधारण सभा २०७८/०९/२५ मा तोकिएको थियाे तर गणपुरक संख्या नपुग्दा स्थगित भएको थियाे। त्यसपछि २०७८/१०/०३ मा तोकिएको सभा २०७८/१०/३ को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनबाट आदेश भई सभा स्थगित भएको थियाे। २०७८/१०/०३ मा अन्तरिम आदेश छलफल हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा साे अदालतबाट २०७८/०९/२३ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतबाट आदेश भएको पछि साधारण सभा गर्न सकिने अवस्था श्रृजना भएको हाे। यसरी बैंकको स्थगित बीसौं वार्षिक साधारण सभा फेरि हुन लागेकाे हाे।

वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने भएकाे छ।

4175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका