जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जनार्दनमाथि छानिबिन गर्न बनेको समितिको पहिलो बैठक मंगलबार, आज सचिव तोकिए

जनार्दनमाथि छानिबिन गर्न बनेको समितिको पहिलो बैठक मंगलबार, आज सचिव तोकिए

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको पहिलो बैठक आउँदो मंगलबार बस्ने भएको छ।

आज शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको सहजीकरणमा समितिमा रहेका सदस्यहरूबीच बैठक भएको छ । आजको बैठकले समितिको सचिव लक्ष्मण अर्याललाई बनाउने निर्णय गरेको छ । अर्याल संसद सचिवालयका सहसचिव हुन् ।

शर्मामाथि छानबिन गर्न बुधबार संसदले ११ सदस्यीय विशेष छानबिन समिति बनाएको थियो।

एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत छन्।

नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन्।

छानबिन समिति बनेकै दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

2055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका