जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महासंघले गर्यो मतदाताको नामावली सार्वजनिक

महासंघले गर्यो मतदाताको नामावली सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि मतदाताको सूची सार्वजनिक गरेको छ । महासंघले आज पहिलो पटक आसन्न मतदाताहरूको सूची सार्वजनिक गरेको हो । निजी उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्यको साधारणसभा तथा निर्वाचन यहि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार यो पहिलो चरणको तालिका भएकोले यसका केही परिवर्तन हुन सक्ने बताइएको छ । जिल्ला नगर तर्फ प्रदेश नम्बर १ बाट २३ मतदाताको सूची तयार भएको छ । प्रदेश २ बाट १३, प्रदेश ३ बाट १६, प्रदेश ४ बाट १३ र प्रदेश ५ बाट २२ संघहरूले मतदान गर्न पाउने छन् । । महासंघले प्रदेश ६ बाट १० र प्रदेश ७ बाट १० गरी जिल्ला नगरतर्फका कुल १०७ मतदाताहरूको सूची सार्वजनिक गरेको छ ।

वस्तुगततर्फ १०१ संघहरूको सूची सार्वजनिक गरिएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ संस्थाहरू सूचीमा छन् । एसोसिएटतर्फ कुल ९२३ संस्थाको सूची सार्वजनिक गरिएको छ भने कतदान गर्न पाउने १२ संस्थापक सदस्यहरूको नामावली सार्वजनिक गरिएको छ ।

संस्थाको नाम मात्र सार्वजनिक गरिएको जनाएको निर्वाचन समितिले कतिपय संघ संस्थाहरूको सदस्यता नवीकरण तथा प्रतिनिधि विवरण आउने क्रम जारी रहेको जनाएको छ । मंसिर ११ गते बिहानसम्ममा मतदाताहरूको सदस्यता नवीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

उल्लेखित सूची महासंघमा आवद्ध सबै सदस्यहरूको सूची हो । निर्वाचन सचिवालयले धेरै संघ संस्थाहरुबाट प्रतिनिधि मनोनयन भएर आइसकेको र बाँकी संस्थाहरूबाट आउने क्रम जारी रहेको जनाएको छ ।
५४ औं साधारणसभापछि हाल महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्ष बन्नका लागि चन्दप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् ।  दुबै बरिष्ठ उपाध्यक्षका दावेदार ढकाल र प्रधानको आ–आफ्नै प्यानल छ । दुबै उपाध्यक्ष आफ्नो प्यानललाई जिताउन संघदेखि जिल्ला तथा वस्तुगत संघ संस्थामा समेत लागू गरिरहेका छन् ।

महासंघ निर्वाचनमा चन्द्र ढकालका प्यानलबाट उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र संघाईले निर्वाचन लड्दैछन् भने प्रधान प्यानलबाट  अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योतिले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । यी दुई प्यानलबीच आगामी महासंघको चुनाव हुने भएको छ ।

4085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका